Madhes Khabar
खेलकुद हेडलाइन

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

मधेसखबर
वीरगन्ज,०२ कार्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी स्थित रहेको श्रीराम भक्त हनुमान अखाडा कुस्ती प्रशिक्षण केन्द्रका कुस्ती खेलाडीहरुले ३ स्वर्ण सहित १० वटा पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरको कावासोतीमा सम्पन्न भएको कुस्ती तर्फको स्पर्धामा पर्साका कुस्ती खेलाडीले ३ स्वर्ण , ५ रजत र २ कास्य पदक गरि १० पदक जितेका हुन् ।

९६ किलो तौलमा सुमिर साह, ८६ किलो तौलमा लाल बहादुर यादव र १२५ किलो तौलमा राज यादवले स्वर्ण पदक जितेका हुन् ।

यस्तै ५६ किलो तौलमा भागवत साह ,६५ किलो तौलमा गंगा राम , ७० किलो तौलमा धर्मेन्द्र प्रसाद यादव , ७४ किलो तौलमा रितेश यादव र १२५ किलो तौलमा सागर यादवले रजत पदक जितेका हुन् ।

यसैगरि ८६ किलो तौलमा दिपेश राउत कमकर र ९२ किलो तौलमा बिनोद सहनीले कास्य पदक जितेको प्रशिक्षक नरेश गिरी बाबाले जानकारी गराए ।

 

 

Related posts

चुनावमा पार्टी फेर्दै हिड्ने माओवादी नेता शिवकुमार साह तेली पर्सा प्रहरीको थुनामा

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

भारतीय पर्यटकहरु भित्रिने ठोरी नाकाकाे भन्सार बन्द हुदाँ हाेटल तथा पर्यटन व्यवसायीहरु मर्कामा

MadhesKhabar

Leave a Comment