Madhes Khabar
समाज हेडलाइन

बारामा १३ वर्षीया बालिकामाथि बलत्कार

सांकेतिक फाेटाे

बारा,३०साउनःबारामा एक बालिकामाथि बलत्कार भएको छ ।निजगढ नगरपालिका वडा नम्बर ५ मा मंगलबार दिउँसो १३ वर्षीया बालिकालाई दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।

मंगलबार दिउँसो विद्यालयबाट घर फर्कदै गरेकी ती बालिकालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।आरोपित दुवै व्यक्तिको पहिचान खुल्न सकेको छैन । बालिकाको बयानपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बालिकाले आफूमाथि दुई व्यक्तिले जबरजस्ती गरेको जानकारी दिएपछि बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।पिडित बालिकाको बयानपछि निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परिक्षणले उनिमाथि जबरजस्ती करणी भएको देखिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बालिकामाथि बलत्कार भएको शारीरिक परिक्षणले देखाएको र शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । बालिकाको अभिभावक र आफन्त जाहेरी लिएर प्रहरी कार्यालयमा आएको र त्यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।

Related posts

नेपालको आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री कार्की

MadhesKhabar

अनुसन्धानका लागि रवि लामिछानेलाई आज वीरगन्ज ल्याइदै

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

Leave a Comment