Madhes Khabar
स्थानिय हेडलाइन

भन्सार क्षेत्रको अधुरो सडकको काम समयमै सक्न ठेकेदारलाई मेयर सिंहको निर्देशन

वीरगन्ज,२८फाल्गुनः वीरगन्जको रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मकोे सडकखण्डमा अधुरो रहेको सडकको स्तरोन्नत्ती र कालोपत्रेको काम तिब्र गतिमा भइरहेको छ ।

रजतजयन्ति चोकदेखि मितरी पुलसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेकोमा त्यसकै बिचमा पर्ने रजत जयन्ति चोकदेखि भन्सार तर्फको ३ सय ५ मीटर सडक भने अधुरै छाडिएको थियो । खानेपानी संस्थानको भूमीगत पाइप, विद्युत र टेलिकमको पोल नहटाइएका कारण ३ सय ५ मीटर सडकको काम अधुरै रहेको थियो ।

अहिले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा सडक विभागले अधुरो रहेको ३ सय ५ मिटर सडकको स्तरोन्त्ती गरि कालोपत्रेको काम गरिरहेको हो । ३ सय ५ मिटर लम्बाई र १४ मिटर चौडाईको उक्त सडकको स्तरोन्नत्ती र कालोपत्रे कार्यका लागि १ करोड ७९ लाख रुपैयाँमा विकास जेभीले ठेक्का सकारेको छ । सडडक विभाग र ठेकेदार कम्पनिबिचको सम्झौतामा उक्त सडकको काम ६ महिनाभित्र सम्पन्न गगरिसक्नु पर्ने उल्लेख छ ।

यसैबिच सोमबार बिहान वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले रजत जयन्ति चोकमा पुगेर निर्माणाधीन सडकको स्थलगत निरिक्षण गरेका छन् । महानगरपालिकाका प्राविधिक टोलीसहित पुगेका उनले सडकको काममा गुणस्तरको सवालामा कुनै सम्झौता नगर्न र समयमै काम सक्न ठेकेदार ध्रुब पटेललाई निर्देशनपनि दिए ।

स्थलगत निरिक्षणमा मेयर सिंहसंगै पुगेका ईन्जिनियर प्रकाश अमात्यका अनुसार, सडक क्षेत्रमा रहेका खानेपानी र टेलिकमको पाइप हटाएर व्यवस्थापन गर्ने काम सकिसकेको छ । यस्तै विद्युतको पोलपनि सडक क्षेत्रबाहिर राख्ने कामपनि पूरुा भइसकेको अमात्यले बताए ।

 

 

Related posts

पर्साका सरकारी विद्यालयमा सुधारका लागि २ सय १५ बालबालिकाले प्रधानमन्त्रीलाई लेखे चिठ्ठी

MadhesKhabar

पर्साको जंगलबाट भइरहेको काठ तस्करी रोक्न वनकर्मचारी र सुरक्षाकर्मी असफल

MadhesKhabar

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

MadhesKhabar

Leave a Comment