Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठ पर्व : आज खरना विधि गरिँदै

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,१२ कार्तिक : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो।

 

कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन्। जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ।

छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन्।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको छ ।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पस प्रमुख भट्टराईलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मुख्यमन्त्री राउत

MadhesKhabar

पोखरिया नगरपालिकामा करार र ज्यालादारीमा नियुक्त ३५० बढी कर्मचारीलाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment