Madhes Khabar
स्थानिय हेडलाइन

पोखरिया नगरपालिकामा करार र ज्यालादारीमा नियुक्त ३५० बढी कर्मचारीलाई जागीरबाट हटाइयो

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

वीरगन्ज,२४असारःपर्साको पोखरिया नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई जागीरबाट हटाइएको छ । गत सोमबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई आगामी साउन १ गतेबाट हटाउने निर्णय गरेको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरिया नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा गरी करिब ३ सय ५० जना कर्मचारी नियुक्त गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिका कार्यालय , मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा ज्यालादारी र करारमा नियुक्त भएका कर्मचारी ,नगर प्रहरी,शिक्षक लगायतका कर्मचारीहरुको नियुक्ती बदर गर्ने निर्णय कार्यपालिका बैठकले गरेको सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

नियुक्ति बदर गरिएका कुनै कर्मचारीलाई कामकाज खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने प्रमुख प्रशासकीय अधिकृत सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

Related posts

पर्सामा जसपा नेपालका नेताहरुले धमाधम पार्टी छाड्दै , जिल्ला सह–इन्चार्ज यादवपनि जसपामा प्रवेश

MadhesKhabar

अलौंको महायज्ञमा दलितलाई प्रवेश गर्न रोक लगाएपछि विरोध प्रदर्शन

MadhesKhabar

पर्सामा धान र रक्सीको तस्करी गर्ने दुईजना पक्राउ

MadhesKhabar

Leave a Comment