Madhes Khabar
स्थानिय हेडलाइन

पोखरिया नगरपालिकामा करार र ज्यालादारीमा नियुक्त ३५० बढी कर्मचारीलाई जागीरबाट हटाइयो

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

वीरगन्ज,२४असारःपर्साको पोखरिया नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई जागीरबाट हटाइएको छ । गत सोमबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा नियुक्त गरिएका कर्मचारीहरूलाई आगामी साउन १ गतेबाट हटाउने निर्णय गरेको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरिया नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी र करारमा गरी करिब ३ सय ५० जना कर्मचारी नियुक्त गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिका कार्यालय , मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा ज्यालादारी र करारमा नियुक्त भएका कर्मचारी ,नगर प्रहरी,शिक्षक लगायतका कर्मचारीहरुको नियुक्ती बदर गर्ने निर्णय कार्यपालिका बैठकले गरेको सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

नियुक्ति बदर गरिएका कुनै कर्मचारीलाई कामकाज खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने प्रमुख प्रशासकीय अधिकृत सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

Related posts

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा बाराका सत्यप्रकाश श्रेष्ठ निर्वाचित

MadhesKhabar

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

MadhesKhabar

Leave a Comment