वीरगन्ज,२६असोजःउपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा जिल्लामा कमजोर बन्दै गएको छ ।पर्सामा जसपा नेपालका जिल्ला स्तरका नेता कार्यकर्ताहरु एकपछि अर्को गर्दै अशोक राई अध्यक्ष रहेको जसपामा प्रवेश गर्न थालेका छन् ।
जसपा नेपालका जिल्ला ससचिव,वीरगन्ज महानगर समितिका सचिव,पर्सागढी नगरपालिकाको पालिका स्तरीय नेताहरु जसपामा प्रवेश गरेको केहि हप्तापनि नबित्दै जसपा नेपालका जिल्ला सहइन्चार्ज दीपक यादवपनि जसपामा प्रवेश गरेका छन् ।
शुक्रबार वीरगन्जमा जसपा नेपालका सहइन्चार्ज यादव जसपामा प्रवेश गरेका हुन्।उनिसंगै पटेर्वा सुगौली गाँउपालिकाका जसपा नेपालका अन्य नेताकार्यकर्ताहरुपनि जसपामा प्रवेश गरेका छन् । जसपा नेपाल परित्याग गरेर जसपामा प्रवेश गरेका यादव मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका पूर्वस्वकीय सचिवपनि हुन् । राउत मुख्यमन्त्री रहेका बेला पूरा कार्यकाल यादव स्वकीय सचिव थिए । उनि गत स्थानीय तहको निर्वाचनमा पर्साको पटेर्वासुगौली गाउँपालिकाको गाँउपालिका अध्यक्ष पदका लागि जसपा नेपालको तर्फबाट उम्मेदवार समेत बनेका थिए ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दीपक यादवसहित उनी नेतृत्वको टोलीलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरे ।त्यसअअवसरमा जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले दीपक यादवको आगमनलाई पार्टीको लागि ऊर्जा थप्ने अवसरका रूपमा स्वागत गर्दै भने, “दीपक यादवजस्तो कर्मठ नेताको प्रवेशले पार्टीलाई थप सशक्त र सङ्गठित बनाउने छ । मधेसका जनताको हक अधिकारको लागि हामी सबै एकजुट भएर अघि बढ्नेछौँ । उहाँको सहभागिताले पार्टीलाई मात्र नभई मधेसको समृद्धिमा पनि महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।“
जसपाका केन्द्रिय सदस्य सुमेतत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि दीपक यादवको जसपामा प्रवेशलाई सङ्गठनको सशक्तीकरणको महत्वपूर्ण कदमको रूपमा लिएकाो बताए । उनले भने, “दीपक यादवजस्तो संघर्षशील नेता पार्टीमा सामेल हुनु भनेको हाम्रो सङ्गठनलाई बलियो बनाउने हो । उहाँको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको छ । अब हामी सबै मिलेर मधेसको समृद्धि, विकास, र जनताको अधिकारका लागि दृढताका साथ अघि बढ्नेछौँ ।“
जसपामा प्रवेश गरेका दीपक यादवले भने, “म लामो समयदेखि जसपा नेपालमा आबद्ध थिएँ, तर पार्टीले मधेसका जनताको माग र समस्यालाई सम्बोधन गर्न असफल रह्यो । पार्टीमा नेतृत्वको गलत राजनीतिक पद्धति र दीर्घकालीन विकासको अभावका कारण मैले पार्टी छोड्ने निर्णय गरेँ ।“
शुक्रबारको पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, बहुदरमाई नगरपालिकाका मेयर एंव जसपाका पर्सा जिल्ला संयोजक सिंहासन साह तेली, जसपाका वीरगन्ज अध्यक्ष ईश्वर चन्द्र यादव, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम, जसपाका नेताहरू तबरेज अहमद, शिवजी सोनी,साहेब खानलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

