Madhes Khabar
राजनीति

रास्वपाले पर्सा जिल्लामा दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्दै

वीरगन्ज,१३माघ:राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पर्सा जिल्लामा साेमबारदेखि संगठन निर्माणका लागि २ महिने अभियान सञ्चालन गर्ने भएको छ।आइतबार बसेकाे रास्वपा जिल्ला समिति पर्साको बैठकले दुई महिने संगठन निर्माण अभियान साेमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न पर्साको १४ वटै पालिकामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको क्षेत्रिय संयोजक जितेन्द्र मिश्रले जानकारी दिए।

संगठन निर्माण एवं विस्तार अभियानमा पार्टीको सदस्यता वितरण,पालिका तथा वडा समिति गटन गरिने क्षेत्रिय संयोजक मिश्रले बताए।जनताको अवस्था परिवर्तन गरि सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गरेर विभेदमुक्त समाज निर्माणका लागि रास्वपाको संगठन निर्माण तथा सदस्यता वितरण अभियानमा सहभागी भई अभियानलाई सफल पार्न रास्वपा पर्साले आग्रहपनि गरेको छ ।

 

रास्वपाकाे संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको रास्वपा पर्साका सभापति हरि पन्तले बताए ।‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, काम गर्न आवश्यक पद मात्रै सिर्जना गरिएको छ, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने ।

 

पर्सामा सञ्चालन हुने संगठन निर्माण अभियानका लागि रास्वपाले उपसमितिहरु समेत गठन गरेकाे छ । रस्वापा केन्द्रिय सदस्य डा नन्दन यादवको संयोजक गठन गरिएको उपसमितिकाे सदस्यमा जिल्ला सभापति हरि पन्त , तुलसी अधिकारी , सुदिश कुमार , कृष्णा पासवान , सुरेश यादव , जितेन्द्र मिश्र लगायतका रहेका छन् ।

Related posts

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

MadhesKhabar

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

MadhesKhabar

कांग्रेसभित्र हिन्दु राष्ट्रको एजेन्डा चर्काउने तयारी

MadhesKhabar

Leave a Comment