Madhes Khabar
राजनीति

पर्सा-१ का रास्वपा उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिद परिवारलाई भेटे

वीरगन्ज,२०माघ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद स्व. दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्।

रास्वपाले बुधबार वीरगन्ज-२२ जगरनाथपुरमा आयोजना गरेको घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिद स्व. दिलिप चौरसियाकी आमा रामज्योती देवी, दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारका सदस्यहरूसँग भेटघाट गरेका हुन्।

 

भेटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीति गर्ने तर पछि मधेसीमाथि गोली चलाउने दलहरूसँग मिलेर आन्दोलनकै उपहास गरिएको भन्दै दुःखेसाे पाेखे।उनीहरूले मधेस आन्दोलनका सहिदहरूको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको भन्दै असन्तुष्टिपनि जनाए।

भेटघाटका क्रममा रास्वपा उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जेनजी आन्दोलनका सहिदसरह राज्यबाट सम्मान र व्यवहार सुनिश्चित गर्न दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

Related posts

वीरगन्जका मतदाता भन्छन् : यसपालि हाम्रो रोजाइ अजय चौरसिया र रमेश कुर्मी

MadhesKhabar

बारा आएर केपी ओलीले भने : कांग्रेसलाई छानबिन समिति होइन,सरकार चाहिएको छ

MadhesKhabar

सीआईबीले पुर्वप्रधानमन्त्री माधव नेपालसँग पनि लियो बयान

MadhesKhabar

Leave a Comment