वीरगंज १,फागुन:पर्सा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसको संगठन थप बलियो बन्दै गएको छ। जिराभवानी गाउँपालिकाका मुकेश पाटेलले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीसँगै जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ का धर्मेन्द्र यादव र शम्भु यादव पनि एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरुलाई पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रमेश रिजालले पार्टीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा कांग्रेसको नीति, विचार र विकासको एजेन्डाबाट प्रभावित भएर आफूहरु पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन्।
उम्मेदवार रिजालले लोकतन्त्र, समावेशी विकास र जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसलाई बलियो बनाउन सबैलाई एकजुट हुन आग्रह गरे।

