काठमाडौं,३०फागुनः श्रम संस्कृति पार्टीले समानुपातिक सांसदहरुको नाम टुंग्याएको छ । शनिबार उउक्त पार्टीले समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरेको हो ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुंगो लगाएको हो ।

