Madhes Khabar
राजनीति

मधेसकेन्द्रित दलहरूलाई एकठाउँमा गाेलबद्ध हुन लाेसपा वरिष्ठ उपाध्यक्ष साेनलकाे अपिल

जनकपुरधाम,२८जेष्ठ:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले मधेस केन्द्रित दलहरुलाई एकठाउँमा उभिन अपिल गरेका छन् ।

जनकपुरमा साेमबारदेखि सुरु जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सोनलले मधेस केन्द्रित शक्तिमाथी पछिल्लो समय प्रहार भइरहेकाले त्यसको सामना गर्नका लागि एकठाउँमा उभिन अपिल गरे ।

पछिल्लो समय हामी कमजोर हुँदै गइरहेका छौँ, सोनलले भने ‘राजनीतिमा कमजोर वा मजबुत हुने क्रम चलिरहन्छ, पछिल्लो समय हामी कमजोर भएका छौँ, फेरी मधेसमा एउटा सशक्त राजनीतिक शक्तिको आवश्यकता छ ।’

उनले मधेसका सम्पूर्ण राजनीतिक शक्तिलाई पुनर्विचार गरी मधेस केन्द्रित दलहरूलाई सशक्त राजनीतिक शक्ति निर्माण गर्न तर्फ केन्द्रित हुन आग्रह गरे ।

सोनलले मुलुकमा संघीयता, गणतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त अधिकार खोस्ने षडयन्त्र तर्फ सबै सचेत हुनु आवश्यक रहेको बताए ।

उनले नेपालको प्रत्येक परिवर्तनको आन्दोलनमा मधेसको भूमिले अग्रणी भूमिका रहेकाले संघीयतालाई बचाउन मधेसका सम्पूर्ण नागरिक अन्तिम क्षणसम्म लडी रहने अठोट व्यक्त गरे ।साभार:खबरहब

Related posts

पर्साको विजयबस्तीमा कांग्रेस उम्मेदवार रिजालले घरदैलो गरेर भेटे मतदातालाई

MadhesKhabar

वीरगन्जका अर्थविद डा. सरार्फ जनमत पार्टीमा प्रवेश

MadhesKhabar

एमाले अध्यक्षमा केपी ओलीको ह्याट्रिक, अरु पदाधिकारीमा को को भए विजयी ?……

MadhesKhabar

Leave a Comment