वीरगन्ज,१२फागुनःपर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली काँग्रेस उम्मेदवार रमेश रिजालले मंगलबार ठोरी गाउँपालिका – ४ को विजयबस्तीमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय टोल–बस्तीमा पुगेर रिजालले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकता रहेको बताए ।परिवर्तनका लागि काँग्रेसलाई मतदान गर्न मतदातासँग आग्रह गर्दै उनले पर्सा–४ मा सडक, स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रको विकासलाई मुख्य एजेन्डा बनाएको उल्लेख गरे ।
कार्यक्रमका क्रममा टोलीले विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेको र जनताका समस्या, सुझाव तथा अपेक्षाहरू सुनेको जनाएको छ ।
स्थानीय बासिन्दाले खानेपानी, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार तथा बेरोजगारी समस्या समाधानजस्ता विषयमा माग राखेका थिए । रिजालले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिँदै आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

