Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको अवस्था सामान्य बन्दै गएपछि हट्यो कर्फु

वीरगन्ज,११ फागुनःवीरगन्जको अवस्था सामान्य बन्दै गएपछि सोमबार बिहान ९.४५ बजेदेखि लगाइएको कर्फु अपरान्ह ४.३० बजेदेखि हटाइएको छ ।

अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा सोमबार बिहान ९.४५ बजेदेखि जारी गरेको कर्फु आदेश सोमबार अपरान्ह ४.३० बजेदेखि हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

वीरगन्जको अवस्था सामान्य बन्दै गएकाले कर्फु आदेशलाई निरन्तरता दिनुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै अपरान्ह ४.३० बजेदेखि कर्फु आदेश हटाइएको प्रजिअ दाहालले बताए ।

तर कर्फु आदेश हटाउने निर्णय गरेपनि स्थिती फेरि बिग्रन नदिन सोमबार नै साँझ ६ बजदेखेखि मंगलबार ८ बजेसम्मका लागि कुनैपनि भेला,सभा,जुलुश र प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बजोजिम वीरगन्ज महानगर क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय पनि गरिएको प्रजिअ दाहालले जानकारी दिए ।

यसअघि सोमबार नै अपरान्ह जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज–११ श्रीपुरमा आइतबार भएको घटनाका दोषीलाई कारबाही गर्ने, सामाजिक सदभाव कायम राख्ने लगायतका तीन बुँदे निर्णय गरेको थियो ।
सदभाव समितिको अग्रसरतमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा सहभागी बैठकले उक्त तीन बुँदे निर्णय गरेको हो ।

वीरगन्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटना तथा उक्त घटनाबाट श्रृजित घटनाक्रमका दोषीहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पीडीत पक्षबाट जाहेरी लिई आवश्यक प्रकृया यथाशिघ्र अगाडि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । दोषीहरुलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने निर्णय पनि भएको उनले बताए ।


यस्तै बैठकमा व्यक्तिगत घटना÷दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, समाजिक सन्जालमा भाइरल बनाउने,हेट स्पीच प्रशारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन वमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णयपनि भएको बैठकमा सहभागी जसपा पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए।

यस्तै आगामी दिनमा धार्मिक,सामाजिक सदभाव कायम राख्न नागरिक समाज,राजनीतिक दल,मिडियाकर्मी,धार्मिक तथा समाजिक अगुवा र जनप्रतिनीधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णयपनि गरिएको उनले बताए ।

वीरगन्ज–११ श्रीपुरमा आइतबार बेलुकी सडकमा सवारी पार्किङको विषयलाई लिएर एक युवकमाथि कुटपिट गरिएपछि त्यहि विषयलाई लिएर दुई फरक धर्म समुदायबीच झडप भएको थियो । त्यहि विषयलाई लिएर सोमबार बिहान श्रीपुरमै एक समुदायको घरमा अर्को समुदायका केहि व्याक्तिहरुले तोडफोड गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यसैलाई मध्यनजर गरि स्थानीय प्रशासनले सोमबार बिहानदेखि वीरगन्जमा कर्फु लगाएको थियो ।

 

Related posts

वीरगन्ज आएका कांग्रेस महामन्त्री गगन थापाले भने : हैजाको भ्याक्सिन लगाउन सक्दो पहल गर्छु

MadhesKhabar

उद्यमी र समाजसेवी महिलाहरुलाई प्रोत्साहित गर्न वीरगन्जमा ‘बृहत महिला सम्मेलन’ हुदैं

MadhesKhabar

बारामा पर्ने सीमा स्तम्भहरुको मर्मत कार्य सुरु

MadhesKhabar

Leave a Comment