Madhes Khabar
स्थानिय

पर्साकाे धाेबिनी गाउँपालिकाद्वारा बाढीपीडितका लागि ५ लाख ११ हजार सहयाेग गर्ने घाेषणा

वीरगन्ज,१७भदाैं:भाेटेकाेशी-त्रिशूली नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोगका लागि पुर पर्साको धोबिनी गाउँपालिकाले ५ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

 

धाेबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित बनेको अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्न लागेको अध्यक्ष चौहानले बताएका छन्।

प्राकृतिक विपत्तिको कठिन अवस्थामा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उनको भनाइ छ। विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई समेत उनले आग्रह गरेका छन्।

अध्यक्ष चौहानले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान पनि गरेका छन्।

Related posts

पर्सामा ट्याक्टरले किच्दा एक युवकको मृत्यु

MadhesKhabar

अपडेट : पर्सामा ६९ % मतदान, मतगणना साेमबार बिहान देखि शुरु

MadhesKhabar

वीरगन्जको मेनरोडको केन्द्रविन्दु निर्धारण काम भोलिदेखि सुरु हुने

MadhesKhabar

Leave a Comment