Madhes Khabar
स्थानिय हेडलाइन

अपडेट : पर्सामा ६९ % मतदान, मतगणना साेमबार बिहान देखि शुरु

वीरगन्ज ,०४ मंसिर : प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुन्नका लागि आइतबार भएकाे निर्वाचनमा पर्सा जिल्लामा ६९ प्रतिशत मत खसेकाे छ।

जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६८.८१ प्रतिशत मत खसेकाे हाे ।

पर्साका मुख्य निर्वाचन अधिकृत विनाे पोख्रेलले पर्साका १६९ मतदान स्थल र ४१४ मतदान केन्द्रमा गरि ६८.८१ प्रतिशत मतदान भएकाे बताए ।

पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकाेमा आइतबार भएकाे निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पाेख्रलका अनुसार, आइतबार सम्पन्न मतदानकाे मतगणना साेमबार बिहान देखि मात्र शुरु हुनेछ ।

पर्सा क्षेत्र नम्बर १ र २ काे मतगणना वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ काे मतगणना पाेखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।

 

Related posts

डाक्टरहरुको आन्दोलन स्थगित

MadhesKhabar

नारायणी अस्पतालकाे एमआरआई सेवा सञ्चालनमा आएकाे ६ महिना नबित्दै अवरुद्घ 

MadhesKhabar

वीरगन्जको भाटभटेनीमा भेटियाे म्याद गुज्रेका खाद्य सामग्री,तर जरिवाना भने ५ हजार मात्रै

MadhesKhabar

Leave a Comment