Madhes Khabar
स्थानिय हेडलाइन

ठोरीमा किसानको बाली जोगाउन नेपाल–भारत सीमामा लगाइयो फलामे तारजाली

वीरगन्ज,४ पुसःभारतसंगको सीमा जोडिएको पर्साको ठोरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीका किसानहरुको बाली सुरक्षाका लागि दशगजा क्षेत्रमा फलामे तारबार लगाइएको छ ।भारतीय सुरक्षाकर्मीकै सहमतिमा मालीबस्तीस्थित दशगजा क्षेत्रमा १ किलोमिटर सीमामा फलामे तारबार लगाइएको हो ।

सुर्य नेपाल प्रालिको आर्थिक सहयोगमा २५ लाख रुपैयाँ खर्च गरेर फलामे तारजाली लगाइएको स्थानीय किसान मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, सीमा क्षेत्रमा वन्यजन्तुले खेतीबाली नष्ट गर्ने समस्या गम्भीर बन्दै गएपछि किसानहरुले सुर्य नेपालसंग ३ किमी सीमा क्षेत्रमा फलामे तार जाली निर्माण गरी उपलब्ध गराइदिन अनुरोध गरेकोमा पहिलो चरणमा अहिले १ किमी तारजाली निर्माण गरि छेकबार लगाइएको हो । बाँकी दुइइ किलोमिटर क्षेत्रमा पनि क्रमशः तारजालीको छेकबार लगाउने योजना रहेको उनले जानकारी दिए ।

मालीबस्तीमा जंगली जनावरले किसानको खेतमा पसेर बाली क्षति पुर्याउँदै आएका छन् । यस्तै त्यहि क्षेत्रमा बाघको आक्रमणबाट दुई जना मानिसको ज्यानसमेत गइसकेको छ । यही कारण किसानहरुले सुर्य नेपालसँग ३ किमी क्षेत्रमा फलामे तारजाली निर्माणका लागि अनुरोध गरेका थिए ।

नेपाल–भारत दुवै पक्षका सीमा सुरक्षा बलको सहमतिको आधारमा सीमा क्षेत्रमा तारजाली निर्माण गरिएकोले सीमा क्षेत्रमा कुनै विवाद उत्पन्न नभएको श्रेष्ठले बताए।

Related posts

नारायणी अस्पतालबाट हाल १४ सय बढी एचआइभी संक्रमितले नियमित सेवा लिदैं

MadhesKhabar

आगजनी र लुटपाटबाट वीरगन्ज महानगरपालिकामा मात्रै १ अर्ब १५ करोड बढीकाे क्षति भएको अनुमान

MadhesKhabar

वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु

MadhesKhabar

Leave a Comment