Madhes Khabar
स्थानिय

फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बारा,१४कात्तिक: बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडप र आगजनीपछि स्थिति तनावपूर्ण बनेको छ। अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु लगाउने तयारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्पताल उद्घाटनको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको थियो। घटनामा स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए। स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे अस्पताल उद्घाटन कार्यक्रम तय गरिएको थियो। तर विवाद चर्किएपछि सांसद बास्कोटा कलैयामै रोकिएकी थिइन्।

झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। उनका अनुसार अहिले स्थिति नियन्त्रणबाहिर रहेकाले थप सुरक्षाकर्मी परिचालनसँगै कर्फ्यु लगाउने तयारी भइरहेको छ।

घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

Related posts

जेनजी आन्दोलनमा ध्वस्त घण्टाघरको प्रहरी बिट पुर्ननिर्माणमा जुटे वीरगन्जका युवाहरु

MadhesKhabar

वीरगन्ज नाकाको मितेरी पुलबाट दुई थान अत्याधुनिक पेस्तोलसहित नेपाली युवक पक्राउ

MadhesKhabar

वीरगन्जको विशेष क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा

MadhesKhabar

Leave a Comment