Madhes Khabar
स्थानिय

वीरगन्ज नाकाको मितेरी पुलबाट दुई थान अत्याधुनिक पेस्तोलसहित नेपाली युवक पक्राउ

वीरगन्ज,२५बैशाखःवीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट दुई थान स्वचालित (अटोमेटिक) पेस्तोलसहित एक नेपाली युवक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी )ले मितेरी पुलबाट सोमबार नवलपरासीको रजहरका २५ बर्षिय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो ।उनको साथबाट मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिन बरामद गरिएको एसएसबीका सहायक कमान्डेट गुलाब कुार चौधरीले जानकारी दिए ।

दुई थान अटोमेटिक पेस्तोल र एक थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिएपनि उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार भएको चौधरीले बताए ।

चौधरीका अनुसार, भारतमा जारी लोकसभा निर्वाचनका बेला नेपालबाट दुई जना व्याक्ति हतियारसहित रक्सौल प्रवेश गर्न लागको पूर्व सूचना एसएसबीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा सोमबार मितेरी पुलमा खटिएको एसएसबीले दुई जना नेपाली शंकास्पद अवस्थामा हिड्दै रक्सौल तर्फ जाँदै गरेको अवस्थामा रोकेर जाँच गर्न खोज्दा महर्जन र ठकुरी डंकन हस्प्टिल रोड तर्फ भागेका थिए । त्यसक्रममा उनिहरुले आँफुसंग रहेको हतियार सडक छेउको झाडीमा फालेका थिए । तीमध्ये महर्जनलाई त्रफाउ गर्न सफल भएपनि ठकुरी भने फरार भएकोले पक्राउ गर्न नसकिएको र उनको खोजी भइरहेको चौधरीले बताए ।

पेस्तोलसहित पक्राउ परेका महर्जनलाई प्रहरी थुनामा राखेर अनुसन्धान भइरहेको भन्दै चौधरीले भने,‘उनिहरु के नियतले भारत प्रवेश गर्न खोजेका थिए ? त्यसको कारण अहिलेसम्म खुल्न सकेको छैन । यस बारेमा नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ ।’

 

Related posts

बिरञ्चीबर्वामा एयरगनबाट गोली प्रहार गरेर बालकलाई घाइते बनाएका तिवारी पक्राउ

MadhesKhabar

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment