Madhes Khabar
स्थानिय हेडलाइन

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

वीरगन्ज,२१कार्तिक:वीरगन्जको सिर्सिया नदीमा प्रदूषण गर्ने सिद्धि टेक्सटाइललाई महानगरपालिकाले दाेस्राेपटक दण्डित गर्दै जरिवाना तिराएकाे छ ।
नदिमा प्रदुषण गरेकाे भन्दै महानगरपालिकाले वीरगन्ज महानगरपालिका वडा नम्बर २१स्थित सिद्धि टेक्सटाइल सहित पाँच उद्योगलाई यसअघि गत चैत १४ गतेपनि ३/३ लाख जरिवाना गरेकाे थियाे ।
मंगलबार अनुगमनका क्रममा  उद्योगबाट निस्किने रसायन र लेदोसहितको फोहोर पानी सिद्धि टेक्सटाइले  सोझै सिर्सिया नदीमा मिसाएर प्रदूषित गरेकाे भेटिएपछि महानगरले उसलाई फरि ३० हजार रुपैयाँ जरिवाना गर्दै दाेस्राे पटक दण्डित गरेकाे हाे।
मंगलबार अनुगमनका क्रममा सिद्धि टेक्सटाइलले उद्योगबाट निस्केको रसायन र लेदोसहितको फोहोर पानी प्रशोधन नै नगरी सोझै सिर्सिया नदिमा मिसाउने गरेको भेटिएपछि ३० हजार रुपैयाँ जरिवाना गरिएको वीरगन्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदीन मियाँले बताए।
वीरगन्जका उद्योगी अशोक मित्तल सञ्चालक रहेकाे सिद्धि टेक्सटाइललाई यसअघि पनि महानगरपालिकाले तीन लाख रुपैयाँ जरिवाना गर्दा समेत उसले सिर्सिया नदिलाई प्रदूषित गर्ने कामलाई जारी नै राखेकाे भेटिएको उनले बताए ।
वीरगन्जको लाइफलाइनकै रुपमा रहेकाे सिर्सिया नदी करपब तीन दशकदेखि प्रदुषणकाे चपेटामा परेकाे छ ।पर्सा बारा ओैद्योगिक काेरिडाेरमा रहेमा ४५ भन्दा बढी उद्योगले उद्योगबाट निस्कने फोहरजन्य पदार्थ , छालाजन्य लेदाे र रसायनयुक्त पानी  सोझै नदीमा मिसाउँदा नदी नै प्रदुषित बन्दै आएकाे छ ।
वीरगन्ज र यस आसपासका करिब डेढ दर्जन गाँउका स्थानीयले त्यहि प्रदुषित नदिमा छठ पर्ब मनाउन बाध्य हुदैं आएका छन् ।
नदीलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले गत चैतदेखि अभियान नै थालेर कडाई गरेपछि दुई दिन अघि मात्र सिद्धि टेक्सटाइलसहितका यहाँका उद्योगहरुले तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदीको प्रदूषण रोक्ने सहमति जनाएका थिए ।
त्यसअघि गत गत असोज २९ गतेका दिन महानगरका मेयर राजेशमान सिंह आफैले गरेको अनुगमन पश्चात् उद्योगका सञ्चालकहरूले रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउने र त्यसो नगरे उद्योग सिल गरी नियम बमोजिम जरिबाना तिर्ने सहमति जनाएका थिए ।
सहमति अनुसार मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक पानी प्रशोधन गर्ने प्लान्ट बनाउने काम अघि बढाए पनि सिद्धि टेक्सटाइलका सञ्चालक मित्तलले सहमतिलाई लत्त्याउँदै सिर्सिया नदिलाई प्रदूषित गर्ने कार्य जारी राखेकाे भेटिएपछि दाेस्राे पटक जरिवाना गरिएको मियाँले  बताए । उनका अनुसार यअघि गत चैतमा ३/३ लाख जरिवाना गरिएका ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर र दुर्गा पल्स एन्ड पेपरले पनि आफ्ना उद्योगमा फाेहाेर पानी प्रशोधन गर्ने यन्त्र जडान गर्न अटेर गरिरहेका छन् । यद्यपि ग्लोबल, मारुती र दुर्गा पल्सले छठसम्मका लागि उद्योग बन्द गरे पनि सिद्धि टेक्लेसटाइलले भने त्यस्तो नगरेको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख मियाँले बताए ।

Related posts

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

MadhesKhabar

आज नयाँ वर्ष देशभर हर्षाेल्लासका साथ मनाइदैं

MadhesKhabar

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

MadhesKhabar

Leave a Comment