Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

वीरगन्ज,१९माघःपर्साको ठोरी गाँउपालिकाको नेपाली कांग्रेसका पालिका सभापति सन्तोष श्रेष्ठ कांग्रेस परित्याग गरी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

सोमबार ठोरी गाँउपालिका वडा नम्बर ४ विजयबस्तीमा आयोजित रास्वपाको कार्यक्रममा कांग्रेस सभापति श्रेष्ठसहितका कांग्रेस कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका हुन् ।कांग्र्ेस सभापति श्रेष्ठ र उनिसंगै विभिन्न् पार्टीका ३ सय ५० जना रास्वपामा प्रवेश गरेको रास्वपाका ठोरी गाँउपालिका सभापति माधव बस्नेतले जानकारी दिए । कार्यक्रममा उनिहरुलाई पर्सा क्षेत्र नम्बर ४ का रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य, रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादव लगायतले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।

कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका श्रेष्ठले कांग्रेसले पुरातनावादी सोच र यथास्थितीलाई बोकेर हिडेको र परिवर्तनलाई स्वीकार्न नसकेकाले आँफुले कांग्रेस परित्याग गरेको बताए । पर्सा क्षेत्र नम्बर ४ मा २०४८ सालदेखि कांग्रेसले एकै जना व्याक्तिलाई उम्मेदवार बनाउँदै आएको भन्दै उनले यसपालिको निर्वाचनमा अनुहारलाई उम्मेदवारका रुपमा सार्न आँफुहरुले सुझाव दिदाँपनि फेरि उहि पुरानै अनुहारलाई नै निरन्तरता दिएका कारण ठोरीमा कांग्रेसकै अधिकांश कार्यकर्ता र समर्थकहरु रुष्ट रहेको बताए ।

देशमा अहिले पसरवर्तन अपरिहार्य भइसकेको र परिवर्तनको संवाहक रास्वपामात्रै भएको तथा रास्वपाले युवाहरुलाई अवसर दिदैं आएकाले आँफुलेपनि रास्वपा रोज्न पुगेको उनले बताए ।

ठोरीको कांग्रेस पालिका सभापति श्रेष्ठ नै कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेपछि अब पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रमेश रिजाललाई फागुन २१ को निर्वाचनमा धक्का पुग्ने देखिन्छ । श्रेष्ठको ठोरीका मतदातामा राम्रो पकड भएको मानिन्छ । तर श्रेष्ठ नै कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेकाले फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा पर्ने ठोरी गाँउपालिकामा कांग्रेसको मतमा असर पर्ने आकलन गर्न थालिएको छ । पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार रिजाल, २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएकोमा ७ पटकमा ४ पटक निर्वाचित भएका थिए ।

रास्वपाका ठोरी गाँउपालिकाका सभापति माधव बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरुको पनि उपस्थिती थियो ।

Related posts

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

MadhesKhabar

गाँउपालिका अध्यक्ष र उपाध्यक्ष हराएकाे भन्दै बारामा युवाहरुकाे प्रदर्शन

MadhesKhabar

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

MadhesKhabar

Leave a Comment