Madhes Khabar
स्थानिय हेडलाइन

क्याम्पस प्रमुख कुशवाहाको हत्यारालाई कारबाहीको माग गर्दै कलैयामा विद्यार्थीहरुको प्रदर्शन

वीरगन्ज,१४असारः बाराको कलैयास्थित रामराजा मोहनबिक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाकोे हत्यारालाई कारबाहीको माग गर्दै क्याम्पसका विद्यार्थी , प्राध्यापक लगायतले शुक्रबार कलैयामा प्रदर्शन गर्दै धर्नापनि दिएका छन् ।

क्याम्पसका विद्यार्थी, उनिहरुका अभिभावक, प्राध्यापक, क्याम्पस सञ्चालक समितिका सददस्य र नागरिक समाजका अगुवाहरुले शुक्रबार कलैयास्थित जिल्ला प्रहरी कार्यालय अगााडि नाराबाजीसहितको प्रदर्शन गर्दै धर्नाापनि दिएका हुन् ।

क्याम्पस प्रमुख कुशवहाको हत्या भएको दुई हप्ता बितिसक्दापनि प्रहरीले हत्यारहरुलाई कारबाहीका गर्न चासो नलिएको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

क्याम्पस प्रमुख कुशवाहाको गत जेष्ठ ३२ गते बाराकै आदर्श कोतवाल गाँउपालिका वडा नम्बर २ बतरामा हतियारधारी समुहले गोली हानी हत्या गरेको थियो ।

कुशवाहाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भन्दै गत मंगलबार प्रेस विज्ञप्ति जारी गरेको थियाो । तर प्रहरीले जारी गरेको उक्त प्रेस विज्ञप्तिमा उल्लेख नामका व्याक्तिहरु हत्यामा संंलग्न रहे नरहेको बारे प्रहरीले स्पष्ट खुलाएको थिएन । उनिहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्यामा संलग्नहरुको पहिचान खुलीसकेको र पक्राउ परिसकेको भएपनि प्रहरीले अझैसम्म हत्यामा अज्ञात समुहको संलग्नता रहेको भन्दै बताउँदै आएपछि प्रहरीकोे चौतर्फी आलोचना हुदैं आएको छ ।

Related posts

पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम

MadhesKhabar

जितपुरबाट ३० क्वीन्टल प्याजसहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्ज चिनि मिल चलाउने याेजना नयाँ बजेटमा समावेश गर्न सांसद यादवकाे माग

MadhesKhabar

Leave a Comment