Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज ब्लड बैंकको सेवा आजदेखि घण्टाघर नजिकको रेडक्रस सोसाइटी भवनबाट सञ्चालन

वीरगन्ज,७असारः वीरगन्जको नारायणी अस्पताल छेउमा रहेको नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्त सञ्चार केन्द्र (ब्लड बैंक ) आइतबारदेखि वीरगन्जको घण्टाघर नजिक रहेको रेडक्रस सोसाइटीको भवनमा सञ्चालन गरिएको छ ।

नारायणी अस्पताल छेउमा रहेको ब्लड बैंक भवन मेनरोड विस्तारका क्रममा भत्काइने भएपछि रेडक्रस सोसाइटी पर्सा शाखाले आइतबारदेखि ब्लड बैंक घण्टाघर नजिकको रेडक्रस सोसाइटीको भवनबाटै सञ्चालनमा ल्याएको हो ।

अब ब्लड बैंकको सबै सेवा आइतबारदेखि रेडक्रस सोसाइटी पर्सा शाखाकै भवनबाट सुरु गरिएको रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले जानकारी दिए ।

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

बंगलादेशमा रहेका हिन्दु लगायतका अल्पसंख्यकको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् :पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

वीरगन्जमा ३ महिनादेखि राेकिएकाे बीपी उद्यानको रेल्वे पार्क निर्माणको काम पुन: सुरु

MadhesKhabar

Leave a Comment