Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बंगलादेशमा रहेका हिन्दु लगायतका अल्पसंख्यकको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् :पूर्वमुख्यमन्त्री सोनल

वीरगन्ज,७ पुसः मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बंगलादेशमा हालै एक हिन्दु युवकको क्रुरतापूर्वक गरिएको हत्या मानवता विरोधी अक्षम्य अपराध भएको बताएका छन् ।बंगलादेशमा अहिले चलिरहेको सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुबाट त्यहाँका हिन्दु युवक दीपुचन्द्र दासको निर्ममता पूर्वक हत्या गरिएको घटनाले विश्वलाई नै स्तब्ध पारेको भन्दै सोनलले उक्त घटनाको कडा निन्दासमेत गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनलले सञ्चारकर्मीहरुसंग भने,‘बंगलादेशमा हिन्दु युवाको जसरी बर्बरतापूर्वक हत्या गरियो ,त्यो घटना मानवता विरोधी जघन्य अपराधिक घटना हो ।यसले नेपाल मात्रै नभई विश्व समुदायलाई नै स्तब्ध पारेको छ ।उक्त घटनाको जतिसुकै न्दिा गरेपनि त्यो कम नै हुन्छ । ’

बंगलादेशमा हिन्दु लगायतका धार्मिक अल्पसंख्यक समुदायमाथि निरन्तर भइरहेको हिंसा रोक्नका लागिपनि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने उनको भनाई छ ।सोनलले बंगलादेशमा रहेका हिन्दु लगायत धार्मिक अल्पसंख्यकहरुको मानवअधिकारको रक्षाका लागि पनि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने मागपनि गरे ।

बंगलादेशमा महमद युनुस नेतृत्वको अहिलेको सरकार जनताको म्याण्डेटबाट नभई विद्रोहबाट बनेको कामचलाउ अन्तरिक सरकार रहेको भन्दै सोनलले त्यहाँ अब जनताको म्याण्डेटबाट सरकार बन्नुपर्ने र त्यसका लागि वातावरण बनाउन अन्र्तराष्ट्रिय जगतलेपनि भूमीका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

 

Related posts

सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउँदै वीरगन्ज महानगर

MadhesKhabar

चाडपर्व लक्षित पर्साका सिडिओको अपिल : मनपरी मुल्यवृद्धि नगर्न र सवारी भाडा नबढाउन निर्देशन

MadhesKhabar

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment