Madhes Khabar
स्थानिय हेडलाइन

सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउँदै वीरगन्ज महानगर

मधेसखबर
वीरगन्ज ,२७ माघ : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई तिब्रता दिएको छ ।महानगरले विभिन्न वडामा नक्सा पास बेगर र नक्सा पास विपरित बनाइएका पक्की संरचनाहरु हटाउने अभियानलाई तिब्रता दिएको हो ।

शुक्रबार महानगरले शुक्रबार सडक अतिmत्तण र मापदण्ड विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ ।वडा नम्वर १२ स्थित बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माणाधिन संरचना महानगरले हटाएको हो ।वडा नम्वर १२ मा रहेको कित्ता नम्बर १३६ मा विनोद अग्रवालले सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि शसक्रबार महानगरले डोजर लगाएर उक्त निर्माणधिन संरचना महानगरको टोलीले हटाएको हो ।

यस्तै वडा नम्बर १४ लिंक रोड नजिकै शरण यादवले सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल पनि महानगरले शुक्रबार हटाएको छ ।नक्सा पास भए पनि यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल (पर्खाल) महागरले डोजरले भत्काएर हटाएको हो । यादवको नाउँमा रहेको कित्ता नम्बर ३६३ र ३६५ मा बनाइएको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले हटाएको मेयर राजेशमान सिंहले बताए ।

यादवले मापदण्ड विपरित निर्माण गरेको पर्खाल हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि महानगरले हटाउन सकेको थिएन ।
तर पर्सा जिल्ला अदालतले वादी यादवको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले शुक्रबार डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो ।

महानगरका विभिन्न वडामा मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको मेयर सिंहले बताए ।यसअघि बिहीबार पनि महानगरले वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको डोजर लगाएर भत्काएर खाली गराएको थियो ।

Related posts

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

ठाेरीस्थित हुलाकी सडकमा माेटरसाइकल अटाेमा ठाेक्किदा एक युवककाे मृत्यु

MadhesKhabar

पर्सामा फेरि सुरु भयो लागू औषध गाँजाको खेती

MadhesKhabar

Leave a Comment