Madhes Khabar
राष्ट्रिय हेडलाइन

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौं,१असाेज:सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज(बुधबार ) राष्ट्रिय शाेक घाेषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ ।

 

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।

उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले आज असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

उक्त निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी आज राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्‍याइएको छ ।

Related posts

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

MadhesKhabar

चुनावभर सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाइ

MadhesKhabar

Leave a Comment