Madhes Khabar
स्थानिय

जगरनाथपुरमा युवाहरुलाई स्वराेजगार बनाउन सीपमुलक तालिम सञ्चालन

वीरगन्ज,१६फाल्गुन:पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नंबर ६ औंराहामा युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएकाे छ ।

जगरनाथपुर गाउँपालिका कार्यालयकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रले सञ्चालन गरेकाे तालिमको बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरे।

तालिमकाे उद्घाटन गर्दै अध्यक्ष यादवले सिप सिकेर आफ्नै गाउँठाँउमा राेजगार गर्न याे तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

२० जनाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक‍ अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।

तालिमकाे उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाेपनि उपस्थिती रहेकाे थियाे ।

Related posts

बाराकाे जीतपुरसिमराबाट ३ महिनादेखि वेपत्ता रहेकी बालिका वीरगन्जमा फेला परिन्

MadhesKhabar

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

MadhesKhabar

पाेखरियामा बजार अनुगमन, १० वटा पसललाई कारबाही

MadhesKhabar

Leave a Comment