Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

वीरगन्ज,९कार्तिकःपर्साको प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको सरुवा भएको छ ।अब उनको ठाँउमा गणेश अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी भएर आउने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयले एकैपटक १७ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गर्ने क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुसालकोपनि सरुवा भएको हो ।भुसालको भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएको हो ।

अब जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सरुवा गरेर पठाउने निर्णय गृह मन्त्रालयले गरेको छ । यस्तै बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोपनि सरुवा भएको छ । गृहमन्त्रालयले घिमिरेलाई गहृ मन्त्रालयमा सरुवा गरेको हो ।

 

Related posts

वीरगन्जको अर्को एक वडामा पनि काँग्रेसलाइ झट्का, २४ मा एमाले विजयी

MadhesKhabar

मुस्लिम रितिरिवाज अनुसार गरियो पत्रकार नेहाल खानको अन्त्येष्टि

MadhesKhabar

बारामा फेरि हत्या गरिएको अवस्थामा एक महिलाकाे शव भेटियाे

MadhesKhabar

Leave a Comment