Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा र बाराका सिडिओको एकैपटक सरुवा

वीरगन्ज,९कार्तिकःपर्साको प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको सरुवा भएको छ ।अब उनको ठाँउमा गणेश अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी भएर आउने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयले एकैपटक १७ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गर्ने क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुसालकोपनि सरुवा भएको हो ।भुसालको भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएको हो ।

अब जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सरुवा गरेर पठाउने निर्णय गृह मन्त्रालयले गरेको छ । यस्तै बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोपनि सरुवा भएको छ । गृहमन्त्रालयले घिमिरेलाई गहृ मन्त्रालयमा सरुवा गरेको हो ।

 

Related posts

सत्तागठबन्धन टुट्दैन , राष्ट्रपति एमालेकै बन्छ : एमाले उपमहासचिव गुरुङ

MadhesKhabar

ठाकुुरराममा स्ववियु चुनाव भएको एक हप्ता बित्दापनि आएन नतिजा : के गर्दैछ स्थानीय प्रशासन ?

MadhesKhabar

परवानीपुर गाँउपालिकाले नियुक्त गरेका गाँउ प्रहरीहरुले सशस्त्र प्रहरीबाट लिए तालिम

MadhesKhabar

Leave a Comment