Madhes Khabar
समाज हेडलाइन

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

वीरगन्ज,०४असोजःतेरापंथ युवक परिषदले पर्सा र बारामा सञ्चालन गरेको बृहत रक्तदान शिविरमा १ हजार १२७ पोका रगत संकलन भएको छ । भदौं २५ देखि सुरु भई शुक्रबार सकिएको शिविरमा महिला र पुरुष गरी १ हजार १२७ जनाले रगत दान गरेको तेरापंथ युवक परिषद वीरगन्जका अध्यक्ष लोकेश जैनले जानकारी दिए ।

शिविरको अन्तिम दिन शुक्रबार बाराको शीवशक्ति घ्यू उद्योगमा आयोजित कार्यक्रममा ७२ जनाले रगत दान गरेको अध्यक्ष जैनले जानकारी दिए।यसअघि बिहीबार हुला आइरन उद्यागमा आयोजित कार्यक्रममा १०७ जनाले रगत दान गरेको उनले बताए । ११ दिने शिवीरमा सबै भन्दा बढी वीरगन्जको जैन भवनमा गत शनिबार आयोजित कार्यक्रममा २११ जनाले रक्तदान गरेका थिए ।सिमराको हुलास स्टिल उद्योगमा आयोजित कार्यक्रममा भने १ सय ३० जनाले रगत दिएका थिए ।

११ दिने शिविरमा १ हजार ५०० पोका रगत संकलन गर्ने लक्ष्य रहेपनि गर्मीका कारण रगतदाताहरुको कमी भएकाले उत्तःm लक्ष्य पूरुा गर्न नसकिएको अध्यक्ष जैनले बताए ।

११ दिने शिविरमार्फत संकलन गरिएको रगत वीरगन्जमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा जम्मा गरिएको अध्यक्ष जैनले जानकारी दिए । परिषदले यसअअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ पोका रगत संकलन भएको थियो ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन माग गर्दै देशभरका क्याम्पस बन्द

MadhesKhabar

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

MadhesKhabar

मानव सेवा आश्रमद्वारा सिमराबाट एक बेसहारा पुरुषको उद्धार

MadhesKhabar

Leave a Comment