Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा प्रहरीको विशेष अप्रेशन : जानकीटोला नाकाबाट एकैदिन १६ जना पक्राउ

वीरगन्ज,१४साउनःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गर्ने १६ जना लागूऔषध दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सीमापारी भारतबाट लागूऔषध सेवन गरेर तथा बोकेर आउनेहरुले जानकीटोल चोकमा होहल्ला र झैझगडा गर्ने, सवारी दुर्घटना गराउने, विभिन्न अपराधिक गतिविधीमा संलग्न हुने जस्ता अवाञ्छित गतिविधी गरिरहेको स्थानीयको गुनासो थियो ।

अवाञ्छित गतिविधी गर्ने त्यस्ता समुहलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय जानकीटोलाको प्रहरी टोलीले जानकीटोला नाकामा बुधबार चेकजाँच गरेको थियो ।

त्यसक्रममा भारतबाट लागू औषध सेवन गरेर आउने र नाकामा प्रहरीसंग अभद्र व्यवहार गर्ने समेत गरी १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार, पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का २५ वर्षीय सुजित पटेल र ३० वर्षीय राहुल यादव, वडा नम्बर २३ का २७ वर्षीय श्यामसुन्दर यादव र २४ वर्षीय ऐजे दास, वडा नम्बर २१ का २५ वर्षीय फिरोज अन्सारी र २३ वर्षीय देवनारायण राम, वडा नम्बर १३ का २६ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १४ का २९ वर्षीय दीनानाथ पटेल, वडा नम्बर १४ का २५ वर्षीय दिपेन्द्र पासवान रहेका छन् ।

यस्तै पर्साकै विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय नितेश मुखिया, ठोरी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षाीय रोहन बुढाथोकी र धोबिनी गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय रिजवान हवारी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का २८ वर्षीय मनुप अछामी र २६ वर्षीय टलक बहादुर के.सी.,सिरहाको धनगढीमाई नगरपालिका–१० का २८ वर्षीय दिनेश कुमार श्रेष्ठ,धनुषाको छिरेश्वर नगरपालिका–१ का ३५ वर्षीय जितेन्द्र कुमार यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार, केहि महिना यता भारतबाट नेपाल प्रवेश गर्ने मूख्य नाका वीरगन्जको इनर्वा नाकामा सुरक्षाकर्मीले निगरानी तथा चेकजाँचमा कडाई गरेको छ । जसका कारण सीमापारी भारतका बजारमा गएर लागूऔषध (नेपालमा प्रतिबन्धित ट्याब्लेट,इन्जेक्शन,नशादिने झोल) सेवन गर्ने तथा बोकेर ल्याउने दुव्र्यवसनीहरु इनर्वा नाका छाडेर जिल्लाको ग्रामीण भेगका नाकातर्फ विस्थापित भएका छन् ।

त्यसैक्रममा ग्रामीण भेगको जानकीटोला नाकामा त्यस्ता दुव्र्यसनी युवाहरुको चहलपहल र गतिविधी बढेपछि त्यसलाई रोक्न जिल्ला प्रहरी कार्यालय पर्साले बुधबारदेखि विशेष अभियान नै थालेको लम्सालले बताए ।त्यहि अभियानका क्रममा एकैदिन १६ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

बुधबार पक्राउ परेका अधिकांश युवाहरु यसअघिपनि लागूऔषध सेवन र ओसार पसारमा पक्राउ परेर कैद सजाय भुक्तान गरिसकेकाहरु रहेको उनले बताए ।

जानकीटोला नाकाबाट नियन्त्रणमा लिइएका सबै १६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरुविरुद्ध सार्वजनिक शान्ति विरुद्ध अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

 

Related posts

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलन सोनार निर्वाचित

MadhesKhabar

पर्सामा नेपाल प्रहरीद्वारा १ महिनामै करिब ७ करोडको तस्करीका मालसामान बरामद

MadhesKhabar

नेपाल र भारतबिचकाे खेल हेर्न वीरगन्जका विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द

MadhesKhabar

Leave a Comment