Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादव भन्छन् : बारा २ मा मेरो जित निश्चित छ

बारा,१९चैत : बारा २ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन् । उम्मेदवारी दर्ताका लागि आइतबार बारा आइपुगेका अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्धक र राम्रो रहेकाले आफूले जित्ने निश्चित रहेको बताए ।

‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उनले भने, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’

अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गरे ।उनले भने, ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौ । हामी मूलबाटोबाटै आइरहेका छौ’ । साभार : रातोपाटी

Related posts

वीरगन्जमा कांग्रंसद्वरा आयोजित विचार गोष्ठीमा वक्ताहरुले गरे बिपी कोइरालाको चर्चा

MadhesKhabar

वीरगन्जमा पत्रकारहरुलाई आक्रमण गरी घाइते बनाउनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

गठबन्धन बिच सिट बाँडफाँट भोलि टुंगीन्छ त ?

MadhesKhabar

Leave a Comment