Madhes Khabar
कृषि हेडलाइन

बारामा यसवर्ष ७१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन

फाइल तस्बिर।

बारा, २० वैशाखःबारा जिल्लामा अघिल्लो वर्षको तुलनामा यसवर्ष गहुँको उत्पादनमा कमि आएको छ।कृषि ज्ञान केन्द्र बाराका अनुसार मौसम अनुकूल नहुँदा यस वर्ष गहुँको उत्पादनमा कमी आएको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा बाराका किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गरेकोमा ७१ हजार ९२ मेट्रिकटन मात्र गहुँ उत्पादन भएको हो।

यसवर्ष प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएको भएपनि प्रतिकूल मौसमका कारण प्रतिहेक्टर २.४८ मेट्रिकटनका दरले मात्रै गँहु उत्पादन भएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।गत आर्थिक वर्षमा बारामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो ।

यसवर्ष गहुँको उत्पादनको परिमाण घटे पनि गुणस्तर भने राम्रो रहेको पाइएको केन्द्रले जनाएको छ। उत्पादित गहुँ स्तरीय भएकाले कलैया लगायतका आसपासका बजारमा प्रतिक्विन्टलको ४ हजार रुपैयाँका दरले बिक्री भइरहेको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए ।

 

Related posts

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १ सय बढी नेताहरु प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

MadhesKhabar

नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको १ सय ५१ मिटर लामो ‘चुनरी यात्रा’

MadhesKhabar

Leave a Comment