वीरगन्ज,८कात्तिकः छठ पर्बको उपलक्ष्यमा वीरगन्ज–१०स्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शनिबारर आयोजित रक्तदान कार्यक्रमममा ६३ जनाले रगत दान गरेका छन् ।घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ६३ जनाले रगत दान गरेका हुन् ।
घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानु,क्लबका अध्यक्ष सन्तोष साह,घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह, पूर्व सचिव लखनललाल गुप्ता,अनमोल साह, भोला गुप्ता, हरिप्रसाद कुर्मी , मनिष गुप्ता, आकाश साह , आदत्यि पटेल , खुश्बु कुमारी,खुशी श्रेष्ठ,सोनु चौधरी,जीवन कानु,मीर हसन, भुषल गुप्ता,मुना पटेल,प्रददीप गुप्ता, प्रभाकर गुप्ता,अंगद साह, रोशन साह कानु लगायतका रगत दान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
रक्तदान कार्यक्रमकमा विशिष्ट अतिथी तथा वडाध्यक्ष सुशील साह कानुले धार्मिक चाडपर्वमा रक्तदान जस्तो पूण्य कमाउने काम गरेकोमा क्लबका युवाहरुको प्रशंसा गरे । आयेजक क्लबका अध्यक्ष सन्तोष साहले छठ पर्वको उपलक्ष्यमा क्लबले विगत २३ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको र आगामी वर्षमापनि यसलाई निरन्तरता दिने बताए । धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आँफुहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।
क्लबका अध्यक्ष साहको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रकोश साह कानु,पूर्वअध्यक्षहरु प्रमानन्द साह कानु, रामनगीना साह कानु, प्रेम साह कानु, उपाध्यक्ष आत्माराम साह , कोषाध्यक्ष कन्हैया गुप्ता , क्लबका उपाध्यक्ष मनोहर साह लगायतको पनि उपस्थिती रहेको थियो ।

