वीरगन्ज,२७पुस:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ महुवनमा रहेकाे प्रसिद्धि धार्मिकस्थल पारसनाथ मन्दिर परिसरमा तीन काेठे भवन निर्माण गर्न थालिएको छ।मन्दिरका पुजारी र साधुसन्त बस्नका लागि पक्की तीन काेठे भवन निर्माण गर्न लागिएको हाे।
शनिबार सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उक्त भवन निर्माणको शिलान्यास गरेका हुन्।पारसनाथ मन्दिरका लागि गुठी संस्थान वीरगन्जले उपलब्ध गराएकाे २५ लाख रुपैयाँमध्ये १५ लाख रुपैयाँको लागतमा तीन काेठे भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष यादवले बताए ।
मन्दिरका पूजारी र साधुसन्तहरु बस्नका लागि साथै अन्य सामाजिक प्रायाेजनका लागि उक्त भवन बनाउन लागिएको उनले बताए ।
गुठी संस्थानले उपलब्ध गराएकाे २५ लाखमध्ये १५ लाख रुपैयाँको लागतमा अहिले तीन काेठे भवन निर्माण गर्न थालिएको भन्दै उनले बाँकी रहेकाे १० लाख रुपैयाँको लागतमा मन्दिर परिसरमै पार्वती मन्दिर निर्माण गरिने जानकारी दिए।
शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष अशेश्वर यादव,गुठी संस्थान वीरगन्जका प्रमुख लगायतकाकाेपनि सहभागिता रहेको थियाे।

