Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

मधेसखबर
वीरगन्ज,१२ मंसिर : पर्साको ठोरीमा पनि रामसीता विवाह महोत्सव मनाइएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर –२ मा पर्ने सीतागुफामा सोमबार हिन्दु वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह उत्सव मनाइएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरिले जानकारी दिइन् ।

गिरिका अनुसार विवाह महोत्सवमा उपस्थित भक्तहरुलाई दुई पक्षमा विभाजन गरी (रामपक्ष र सीता पक्ष बनी) जन्ती लगेर सीता गुफा परिसरमा विवाह गरी गुफामा भित्रयाइएको छ ।ठोरीका स्थानीयले विगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा सिता गुफा ोत्रमा धुमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि सीता गुफाको महत्व बढेर गएको छ। तर राम मन्दिर चितवनको माडीमा बनाइएको ठोरीवासीको गुनासो छ ।ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनी शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो।

सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता बिष्टले बताइन्। साभार : अनलाइनखबर

 

Related posts

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

MadhesKhabar

झापालाई हराउँदै वीरगन्जले जित्यो भेट्रान कपको उपाधि

MadhesKhabar

जीतपुर गढीमाई मन्दिरमा दशैं मेलाको तयारी तीव्र

MadhesKhabar

Leave a Comment