Madhes Khabar
राजनीति हेडलाइन

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

मधेसखबर
वीरगन्ज ,२३ असाेज : पर्साकाे क्षेत्र नम्बर १ को ( क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ काे निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फाेरम हालकाे जसपाबाट उनी निर्वाचित भएका थिए।

जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन् ।

अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार हुनु परेको बताए ।
उनले विगतमा गरेको कामको मुल्यांकन गरेर जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए ।

Related posts

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

MadhesKhabar

उपेन्द्र यादवको पार्टीमाथि नयाँ दल जसपा हरेक ठाँउमा हाबी रहन्छ : मेयर सिंह

MadhesKhabar

जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

MadhesKhabar

Leave a Comment