Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

महाशिवरात्रीमा काठमाडौंको पशुपतिको जस्तै झल्को वीरगन्जमापनि (फोटो फिचर)

वीरगन्ज,२५फाल्गुनःवीरगन्ज १४ पिपरास्थित चिनी मिल परिसरमा रहेको पशुपतिनाथ मन्दिरमा आज शुक्रबार महाशिवरात्रीका दिन काठमाडौंको पशुपतिनाथ मन्दिरको जस्तै झल्को र माहोल देखिएको छ ।

महाशिवरात्रीका दिन आज वीरगन्जको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पूजापाठ र दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनहरुको घुंइचो लागेको छ । पर्सा,बाराका साथै छिमेकी भारतका विभिन्न स्थानबाटपनि भक्तजनहरु आएका छन् ।

यस्तै पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्री पर्बका अवसरमा राष्ट्रिय बजरंग दलको आयोजनामा विभिन्न धार्मिक कार्यक्रमपनि भइरहेका छन् । पशुपतिनाथ मन्दिर पसिरमै आज बिहान ११ बजेदेखि महा–अष्टयाम पूजा आयोजना गरिएको छ भने मन्दिरभित्रको शिवलिंगमा बिहान ११.३० बजे दुध अभिषेक गरिएको छ ।

यसैगरि दिउँसो १२.३० बजेदेखि भण्डारा सञ्चालन गरेर भक्तजनहरुलाई प्रसाद वितरणपनि भइरहेको छ । यसैगरि अपरान्ह तीन बजेदेखि मन्दिर परिसरबाट शिव–पार्बती विवाह झाँकी निकालेर पावरहाउस चोक, मुर्ली , घण्टाघर चोक, आदर्शनगर, अलखिया मठ , पूरानो बसपार्क हुदैंं नगरपरिक्रमा गरेर पुन मन्दिर परिसरमै पुगेर सामापन हुने राष्ट्रिय बजरंग दल पर्साले जनाएको छ ।

यस्तै पशुपतिनाथ मन्दिर परिसरमै आज नागा साधु बाबाहरुको ताण्डवपनि प्रदर्शन गर्ने कार्यक्रमपनि रहेको बजरंग दलका पदाधिकारीले जानकारी दिएका छन् ।

Related posts

विदेश वा अन्य जिल्लाको धार्मिक घटनालाई लिएर वीरगन्जमा अब प्रदर्शन वा आन्दोलन गर्न नपाइने !

MadhesKhabar

वीरगन्जको मधेसी शहिद स्मारकमा पुगे रास्वपा उम्मेदवार कानु,शहिदका सालिकमा दिए श्रद्धाञ्जली

MadhesKhabar

पर्सामा सिके राउतकाे जनमत पार्टीलाई ठूलाे धक्का,१०० बढी नेताहरु जनअधिकार पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment