Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जको मधेसी शहिद स्मारकमा पुगे रास्वपा उम्मेदवार कानु,शहिदका सालिकमा दिए श्रद्धाञ्जली

वीरगन्ज,१६माघःपर्सा क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार सुशील कुमार कानुले शहिद दिवसको अवसरमा मधेस आन्दोलनका शहिदहरुको सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शुक्रबार शहिद दिवसको अवसरमा वीरगन्जको घण्टाघरस्थित मधेसी शहिद स्मारक पार्कमै पुगेर रास्वपा उम्मेदवार कानुले मधेस आन्दोलनका शहिदहरु धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका हुन् ।

त्यसअवसरमा रास्वपा उम्मेदवार कानुले शहिद दिवसका दिनपनि मधेस केन्द्रित दलहरुको खासै चासोमा नपरेका मधेस आन्दोलनका शहिदहरुले मधेसीका लागि दिएको बलिदानी आँफ्नो दिल र दिमागमा ताजा नै रहेकाले शहिद स्मारकमा पुगेर श्रद्धाञ्जली दिएको बताए ।

विगतमा भएका हरेक मधेस आन्दोलनमा आँफु सकृय रुपमा सहभागी भएको स्मरण गर्दै कानुले भने,‘ मधेस आन्दोलनका यीनै शहिदहरुकै कारण आज मधेस र मधेसीले अपमान र विभेदको सट्टा पहिचान र सम्मान पाएका हुन् ।यी शहिदहरुलाई म कहिल्यै बिर्सिन सक्दिन । शहिदहरुले देखाएको बाटोमा सदैव हिड्ने प्रयास गर्छु।’

रास्वपा उम्मेदवार कानुले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलन र बिद्रोहमा ज्यानको आहूती दिएका सम्पूर्ण शहिदहरुप्रति पनि श्रद्धमञ्जली व्यक्त गरे ।

Related posts

वीरगन्जमा आज “सदभाव र्‍याली” निकालिदै, सहभागी हुन वीरगन्जवासीलाई अपिल

MadhesKhabar

सामान्य प्रशासनमन्त्री गुप्तालाई भेटेर मुख्यमन्त्री सिंहले भने :मधेसमा कर्मचारीहरु जानै मान्दैनन्

MadhesKhabar

वीरगञ्ज महानगरको आयोजनामा योग शिविर संचालन

MadhesKhabar

Leave a Comment