Madhes Khabar
स्थानिय हेडलाइन

अविरल वर्षाले वीरगन्जसहित पर्साको जनजीवन प्रभावित,सतर्कता अपनाउन मेयर सिंहकाे आग्रह

वीरगन्ज,१२असाेज:अविरल वर्षाको कारण जिल्ला सदरमुकाम वीरगन्ज र ग्रामीण भेग पनि प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार वीरगन्ज महानगर वडा नंवर ६ र ७ कुम्हाल टोलमा वर्षाको पानी निकास नहुँदा बाटो र केही घरका आँगन जलमग्न भएको छ ।

महानगरकै वडा नंबर १ र २ भकुवा र छपकैंयामा पनि वर्षाको पानीको निकास नहुँदा बाटो जगलग्न भएका छन् र केही घरमा पानी पसेका छन् । महानगरकै वडा नं ११ डोम टोलमा सिर्सिया खोलाको पानी पस्दा आधा दर्जन घर पानी पसेको छ । कृषि औजार अनुसन्धान केन्द्र पनि जलमग्न भएको छ । श्रीपुर–रानीघाट क्षेत्रको सडक पनि जलमग्न छ ।

वीरगन्ज–१३ राधेमाईमा वडा प्रहरी कार्यालय श्रीपुरको भवनको पछाडिको भागमा सिर्सिया खोलाको भेल आएर क्षति पुगेको छ । प्रभावित स्थानहरुमा प्रहरी टोली पुगेर स्थानीयको उद्धारको प्रयास जारी रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । वीरगन्ज महानगरपालिका–१५ भिस्वा टोल पनि पानीको निकास नहुँदा डुबानमा परेको छ । वडा नं १६ नगवा क्षेत्र पनि डुबानमा परेको छ ।


वीरगन्जको आदर्शनगर क्षेत्रको मुख्य सडक डुबानमा परेको छ । सिर्सिया खोलाको पानी मुख्य नाला हुँदै प्रवेश गरेपछि आदर्शनगर क्षेत्र डुबानमा परेको हो ।

कृषि औजार अनुसन्धान केन्द्र परिसर वीरगन्जमा रहेको वर्षा मापन उपकरणमा शनिबार मध्यान्ह सम्म १ सय ९१ एमएम वर्षा मापन गरिएको केन्द्र प्रमुख इन्जिनियर सचिन कुमार मिश्राले जानकारी दिए । उनले कार्यालयको आवास गृहहरु डुबानमा परेको र कार्यालय परिसर जलमग्न भएको बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सन्जालबाट महानगरबासीलाई सिर्सिया खोलाको जलस्तर बढेर मानवबस्ती प्रवेश गरेकाले सर्तकर्ता अपनाउन आह्वान गरेका छन् ।

बिन्दवासिनी गाउँपालिकामा तिलाबे खोलामा एप्रोच सडकसँग जोडिएको तटबन्ध भत्किँदा पुललाई जोखिम बढेको छ । पकाहामैनपुर गाउँपालिका–२ मा नाला जाम भई निकास नहुँदा २० घर डुबानमा परेका छन् । पर्सागढी नगरपालिका–९ मा तिलाबे खोलाको जलस्तर बढेर एकटाङ्गा–मनवा सडक खण्ड अवरुद्ध भएको छ ।साभार:ईकान्तिपुर

Related posts

गठबन्धनका मेयर उम्मेदवार राजेशमान भन्छन् – राजा बनेकाहरुलाइ यसपाली जनताले फाल्छन्

MadhesKhabar

पर्साको निचुटामा तिलगंगा आँखा अस्पतालको शाखा सन्चालन हुदै

MadhesKhabar

यी हुन् बाराका उम्मेदवार

MadhesKhabar

Leave a Comment