Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराममा चुनाव स्थगित भएपछि क्याम्पस प्रमुखलाई भाैतिक कारबाही गर्ने धम्की

मधेसखबर
वीरगन्ज ,१चैत: वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी नेताहरुले क्याम्पस प्रमुख डाक्टर उमेश चाैरसियालाई भाैतिक कारबाहि गर्ने धम्की सहितकाे चेतावनी दिएका छन् ।
स्ववियु निर्वाचनकाे विषयलाई लिएर विधार्थी नेताले पत्रकार सम्मेलन नै गरेर क्याम्पस प्रमुख चाैरसियालाई भाैतिक कारबाही गर्ने चेतावनी दिएका हुन् ।
ठाकुरराम क्याम्पसमा चैत ८ गतेका लागि ताेकिएकाे स्ववियु निर्वाचन मतदाता नामावलीकाे विषयमा विवाद भएपछि बुधबार बसेकाे सर्वक्षीय बैठकले स्थगित गरि जेठमा गर्ने सहमति गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारीकाे उपस्थितिमा क्याम्पस प्रमुख र राजनीतिक दलका नेताहरु सहित बसेकाे बैठकले विवादका कारण चैत ८ मा निर्वाचन गर्न सम्भव नभएकाले स्थगित गरि जेठ १३ गते गर्ने सहमति गरेकाे हाे ।
निर्वाचन स्थगित भएपछि आक्राेशीत विधार्थी नेताहरुले बुधबार दिउँसो क्याम्पसमै पत्रकार सम्मेलन गरेर क्याम्पस प्रमुख चाैरसियालाई भाैतिक कारबाही गर्ने सार्वजनिक धम्की दिएका हुन् ।
पत्रकार सम्मेलनमा सुधिर पटेल स्वतन्त्र समुहका नेता सुधिर पटेलले क्याम्पस प्रमुख चाैरसियाले  आफू निकटका विधार्थी समुह चुनावमा हार्ने डरले चुनाव स्थगित गराएकाे आराेप लगाए । उनले भने, यदि चैत १० गते भित्र चुनाव भएन भने क्याम्पस प्रमुखले कि त राजिनामा दिनु पर्छ नत्र मेराे नेतृत्वमै क्याम्पस प्रमुखलाई भाैतिक कारबाही हुन्छ , त्यति मात्रै हाेइन कालाेमाेसाे पनि दल्छाै ।
नेविसंघका पुर्व केन्द्रीय सदस्य समेत रहि सकेका पटेल , मंसिर ४ काे निर्वाचनमा कांग्रेसले टिकट निदएपछि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पटेलले ठाकुरराम क्याम्पसमा नेविसंघ ,समाजवादी विधार्थी युनियन , अनेरास्ववियु , अखिल क्रान्तिकारी लगायत सबै दलीय संगठनमा गुट उपगुट भएका कारण स्ववियु चुनाव जित्ने अवस्थामा नभएपछि उनिहरुका माउ पार्टीले पनि क्याम्पस प्रमुखसंग मिलेर चुनाव स्थगित गराएकाे आराेप लगाए ।उनले भने,दलका हरेक विधार्थी संगठनमा दुई तीन वटा गुट छ , त्यहिकारण उनिहरुलाई चुनाव हारिन्छ भन्ने डरले सताइरहेकाे छ , आफू नजित्ने परिस्थिति भएपछि चुनाव नै स्थगित गराएका हुन् ।
यदि क्याम्पस प्रमुखले चाहेमा चैत ८ देखि १० गते भित्रमा चुनाव गराउन सम्भव रहेकाे पनि उनले बताए ।
तर क्याम्पस प्रमुखकाे चुनाव गराउने नियत नै नभएकाे उनले दाेहाेर्याए ।
चुनाव भाँड्ने कार्यमा निर्वाचन अधिकृत राेशन लामिछाने र परीक्षा शाखाका कर्मचारी माेहन यादव पनि संलग्न रहेकाे आराेप पनि उनले लगाए ।
पत्रकार सम्मेलनमा पटेलका साथै उनकाे समुहबाट सभापतिका प्रत्याशी कमलेश यादव सहित दुई दर्जन विधार्थी नेताहरुकाे सहभागीता थियाे ।

Related posts

पर्साका सिडिओ अर्याल भन्छन् : अझैपनि ८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहनु चिन्ताजनक

MadhesKhabar

वीरगन्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

एसईईको नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने तयारी

MadhesKhabar

Leave a Comment