Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज,११चैतःचालु आर्थिक वर्षको आठ महिनामा वीरगन्ज नाका हुदैं १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आर्थिक वर्षको आठ महिनाका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आर्थिक वर्षको आठ महिनामा १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातसंगै राजस्व संकलनपनि बढेको बताए। ’अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,’ उनले भने।कार्यालयका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

वीरगन्ज नाका हुदैं चालु आर्थिक वर्षको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार ९ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा २५ अर्ब ३० करोड मूल्यको २ लाख ९० हजार ३ सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपेयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा २४ अर्ब ५ करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७ सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट ४ अर्ब ५० करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको आठ महिनामा भने १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार १ सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।रासस

Related posts

गुणस्तरहिन घ्यू उत्पादन उत्पादन गर्ने बाराको दुइ उधोगमा सिलबन्दी

MadhesKhabar

पराल बिक्री गर्न पाउँदा पर्साका किसानहरु खुशी

MadhesKhabar

छठ पर्बको उपलक्ष्यमा घडिअर्वा छठघाटमा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment