Madhes Khabar
शिक्षा हेडलाइन

एसईईको नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं,१वैशाखःराष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ ।

परीक्षा बोर्डले वैशाख २९ गतेभित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका काठमाडौं ल्याउने काम भइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,’ उनले भने ।

यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप परीक्षा बोर्डमा आइरहेको हो । हालसम्म ८–१० वटा जिल्लाबाट मार्कस्लिप परीक्षा बोर्डमा आइसकेको छ ।‘अन्य जिल्लाको आउने क्रममा छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने ।

Related posts

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

MadhesKhabar

आयो अदालतको आदेश : पर्सा–३ मा एमाले उम्मदवार पाण्डेयको उम्मेदवारी कायम

MadhesKhabar

Leave a Comment