Madhes Khabar
राजनीति हेडलाइन

रवि लामिछाने भन्छन् : चितवन २ मा पहिलेकाे भन्दा अझ धेरै भाेटले जित्छु

काठमाडौं ,२९माघ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्वाचन आयाेगले गरेकोे निर्णयको स्वागत गरेका छन् ।

उनले आइतबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह गरेका थिए । ‘बिहान प्रधानमन्त्रीलाई आग्रह गरेको थिएँ । दिउँसो निर्णय आयो’ लामिछानेले भने ।

अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने लामिछाने बताउँछन् । चितवन २ मा अर्को उम्मेदवार हुँदैन होला नि भन्ने प्रश्नमा उनले भने, ‘हुँदैन होला, कसरी होला र !’

गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।अर्थात, लामिछाने भारी मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको थियो । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।

अब फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने आशा राखेका छन् । ‘त्यसैले पनि मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौं । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन,’ रास्वपा सभापति लामिछानेले अनलाइनखबरसित भने, ‘हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरुले जुन ढंगले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’

तथापि, वैशाखसम्म हुने राजनीतिक घटनाक्रमलाई नियाल्नुपर्ने लामिछाने बताउँछन् । उनी थप्छन्, ‘वैशाखसम्म के हुन्छ हेरौं ।’ साभार:अनलाइनखबर

Related posts

सिम्रौनगढमा काँग्रेसको विरासत ढल्यो , मेयर उपमेयर दुवैमा लोसपा विजयी

MadhesKhabar

बारा-२ मा राजेन्द्र महताे चुनाव लड्ने चर्चाले उपेन्द्र यादव तनावमा

MadhesKhabar

पर्सा १ को (क) मा जन्नतको फराकिलो अग्रता , रहबर दोश्रो र विचारी तेश्रो स्थानमा

MadhesKhabar

Leave a Comment