वीरगन्ज ,२०असार: नेकपा एमालेका सचिव याेगश भट्टराईले अहिले एमाले र कांग्रेस बिच तालमेल गरेर सरकार बन्ने सम्भावना नरहेकाे बताएका छन् ।
बुधबार वीरगन्जमा प्रेस चाैतारी नेपाल पर्साले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पार्टीका मधेस प्रदेश ईन्चार्ज समेत रहेका भट्टराईले यस्ताे बताएका हुन् । उनले भने, एमालेले यदि चाहने हाे धने अहिलेकाे सरकार ढल्न सक्छ तर अहिले एमाले कांग्रेससंग मिलेर सरकार ढाल्ने पक्षमा भने छैन ।
उनले सरकारले ल्याएकाे बजेटले मधेस प्रदेशमा कुनै उत्साह नल्याएकाे दाबीपनि गरे । अन्नकाे भण्डार मानिने मधेससंग बजेटले विभेद गरेकाे आराेप उनले लगाए । उनले सरकारले ल्याएकाे बजेटले मुलुककाे अहिलेकाे आर्थिक संकट टार्न नसक्ने पनि बताए ।
२०८४ काे निर्वाचनबाट एमालेकाे एकल सरकार बनाउने लक्ष्यका साथ एमालेले जनताबिचमा रहेर काम गर्ने पनि उनले बताए । पार्टीभित्रका कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने उनले बताए ।
प्रेस चाैतारी नेपाल पर्साका अध्यक्ष श्याम बञ्जाराकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता,एकबाल मियाँ, पर्सा ईन्चारणज अच्युत मैनाली , पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश सदस्य विचारी यादव, जयप्रकाश थारु, शम्भु गुप्ता लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति थियाे ।

