Madhes Khabar
राजनीति

ओलीको आरोप: ‘प्रचण्ड र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्’

काठमाडौं,७ भदौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए । उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको बताए ।

उनले भने , ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउनेमा प्रचण्डजीका र माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्प्रदायिक हिंसा भड्काउन खोज्नुभएको छ । नुवाकोटमा साँढे जुधाउने भन्ने खेल हुन्छ । ती साँढेको केही दुस्मनी नै छैन । भेटेको पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू नेपालीलाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् । नेपाली लड्नु हुँदैन । शासनमा बस्नेले यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफैँ संलग्न रहेको कुरा ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको दाबी गरे ।

 

Related posts

राप्रपा नेता रवीन्द्र मिश्रको सुझाव : राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

MadhesKhabar

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

MadhesKhabar

चितवन २ मा रवि लामिछाने सानदार मतका साथ विजयी

MadhesKhabar

Leave a Comment