वीरगन्ज,२०माघःआगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरि मंगलबार वीरगन्जमा प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलामा पर्साका चार वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुपनि सहभागि थिए ।
भेलामा एमालेका उम्मेदवारहरु क्षेत्र नम्बर १ का प्रदीप यादव, क्षेत्र नम्बर २ की रिमा यादव, क्षेत्र नम्बर ३ का रुपेश पाण्डय र क्षेत्र नम्बर ४ का जालिम मियाँ मन्सुरी सहभागि थिए । उक्त भेलामा चारै क्षेत्रका एमाले उम्मेदवाहरुले आफ्ना चुनावी एजेन्डा सुनाउनुका साथै सुशासन, विकास, रोजगारी र जनउत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै आँफुहरु अगाडि बढ्ने प्रतिबद्धतापनि जनाएका थिए ।
फागुन २१ को निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा एमालेलाई जिताउन पार्टीको शुभेच्छुक संस्था प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको भूमीका महत्वपूर्ण हुने भन्दै चारै क्षेत्रका उम्मेदवाहरुले जनताका बीचमा एमालेका एजेन्डाहरु पुर्याउनमा सहयोग गरिदिन आग्रहपनि गरेका थिए ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा भएको उक्त भेलामा एमाले केन्द्रिय सदस्य प्रभु हजरा,विजय सरावगी, एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा ,मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल लगायतकाको पनि सहभागिता थियो ।

