Madhes Khabar
राजनीति

पर्सा–३ मा कांग्रेसका चौधरीलाई जिताउने पकहाँ मैनपुरका जनप्रतिनिधिहरुको सामुहिक प्रतिबद्धता

वीरगन्ज,२१माघः पर्साको पकहाँ मैनपुर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र कांग्रेस अगुवाहरूले पर्सा क्षेत्र नम्बर ३ मा यसपालि कांग्रेसलाई जिताउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीको चुनावी अभियानअन्तर्गत धोरेमा आयोजित कार्यक्रममा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा अग्रज÷अगुवा कार्यकर्ताहरूले आपसमा कुनै किसिमको मनमुटाव नराखी कांग्रेसका सच्चा सिपाहीका रूपमा लोकतन्त्र र संविधानको रक्षा गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए।उनीहरूले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई अरु सबै पार्टीभन्दा बढी मत दिएर विजयी गराउने दृढ संकल्प समेत व्यक्त गरे।

अध्यक्षहरू विनोद मेहता, मुकुट चौहान, ढेडी प्रसाद यादव, सञ्जय चौहानलगायत स्थानीय नेताहरूले सामूहिक प्रतिबद्धता जनाएका हुन्।

Related posts

पर्सामा जसपाका केन्द्रिय र प्रदेश सदस्य सहित ६९ जनाले पार्टी छाडे

MadhesKhabar

पर्सा–२ का मतदाता सामु रास्वपा उम्मेदवार सुशीलको वाचा : जनताको आशा र भरोसा टुट्न दिन्न

MadhesKhabar

महन्थ ठाकुर,हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालको दलबीच पार्टी एकता गर्ने सहमति

MadhesKhabar

Leave a Comment