Madhes Khabar
राजनीति

राजेश्वर तेलीले भने : पर्सा-२ मा कांग्रेसका चाैरसियालाई जिताउन उम्मेदवारी फिर्ता लिए

वीरगन्ज,९माघ:पर्सा-२ मा कांग्रेसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेलीले फिर्ता उम्मेदवारी लिएका छन्।

माघ ६ मा मनाेनयन दर्ता गराएका उम्मेदवारहरुका लागि शुक्रबार उम्मेदवारी फिर्ताकाे समय निर्वाचन आयाेगले शुक्रबार ताेकेकाे थियाे।

शुक्रबार तेलीले निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।पर्सा-२ बाट कांग्रेसले टिकट नदिएपछि पार्टीबाट विद्राेह गरि माघ ६ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।पर्सा-२ बाट कांग्रेसले निर्वतमान सांसद अजयकुमार चाैरसियालाई फेरि उम्मेदवार बनाएकाे छ।

 

शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि अन्नपूर्णपाेष्टकर्मीसंग कुरा गर्दै तेलीले कांग्रेसलाई बलियाे बनाउन आँफुले उम्मेदवारी फिर्ता लिएको प्रतिकृया दिए।कसैकाे दबाब वा प्रभावमा नभई अहिलेकाे विषम परिस्थितिमा हुन गइरहेकाे निर्वाचनमा कांग्रेसलाई एकजुट बनाउनुपर्ने आवश्यकतालाई बाेध गरेर उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

 

उनले भने,`काेहि नेता वा अरु कसैले भनेर हाेइन,कांग्रेसलाई यतिबेला एकजुट भएर चुनावमा जिताउनुछ।त्यहि साेचेर उम्मेदवारी फिर्ता लिएको हुँ।´

 

तेलीले पर्सा-२ मा कांग्रेस उम्मेदवार अजयकुमार चाैरसियालाई जिताउनका लागि पनि आँफुले उम्मेदवारी फिर्ता लिएको बताए ।उनले भने,`अब अजय चाैरसियालाई जिताउन तन,मन र धनका साथ लाग्छु।´

का पूर्व प्रदेश विधायक राजेश्वर प्रसाद साहले पूर्व कानून मन्त्री तथा पर्सा जिल्ला क्षेत्र–२ का उम्मेदवार अजय चौरसियाको दबाबमा उम्मेदवारी फिर्ता लिएका छन्।

Related posts

वीरगन्जमा जसपा नेपालको सिंगो युवा समिति जसपामा प्रवेश

MadhesKhabar

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको चुनावी अभियान तिब्र, श्रीपुरमा सम्पर्क कार्यालय सञ्चालन

MadhesKhabar

सखुवा प्रसौनी–२ मा एमाले उम्मेदवार रूपेश पाण्डेको घरदैलो, जनसमर्थन बढ्दो

MadhesKhabar

Leave a Comment