Madhes Khabar
राजनीति

खानेपानी मन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच भेटवार्ता

काठमाडौं,२साउन:खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

खानेपानी मन्त्रालयमै बुधबार भएको भेटवार्तामा एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडले नेपालमा एडिबीले खानेपानीको क्षेत्रमा गर्दै आएका कामकारबाहीबारे मन्त्री यादवलाई जानकारी गराए।त्यस अवसरमा एडिबीको सहयोग र सहकार्यमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम र परियोजनाहरूको बारेमा छलफलपनि भयो ।

कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विशेष जानकारी मन्त्री यादवलाई दिए । मेलम्ची खानेपानी विकास समिति र एडिबीले लामो समयदेखि सहकार्य गर्दै आएको जानकारी गराउँदै अर्नाउडले मेलम्चीमा २०२१ मा आएको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलाई पुनः निर्माणका लागि स्थान परिवर्तन गरी पानी वितरण सहज बनाउन सहयोग गर्ने बताए ।

भेटवार्ताका क्रममा नेपालका खानेपानी परियोजनाहरूको दीर्घकालीन प्रभाव, सफल कार्यान्वयन, र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाबारे पनि विस्तृत छलफल भयो । मन्त्री यादवले नेपाल सरकार र एडिबीबिचको थप सहकार्यले खानेपानीको पहुँच सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले मन्त्रालयले एडिबीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै मन्त्रालय र एडिबीबाट भइरहेका कामकारबाहीको नियमित रिपोर्ट पेस गर्नु पर्ने आवश्यक रहेको बताए। मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा २०२१ मा आएको बाढीले बगाएको हेडवर्क्सलाई पुनः निर्माण गर्न जुनसुकै निकायमा जान तयार रहेको पनि उनले बताए ।

मन्त्री यादवले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नो कार्यकालमा सफल पार्ने प्रयास गर्ने बताए । साथै, मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फाइललाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पाैडेलसँग सल्लाह गरी अगाडि बढाउने उनले बताए ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँमा ल्याउन युद्ध स्तरमा काम गर्न निर्देशन पनि दिए । एडिबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै मन्त्री यादवले धन्यवाद व्यक्त गरे।

एडिबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँग सहकार्यमा विगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

Related posts

मधेसमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले पार्टीबाट गर्‍यो निलम्बन

MadhesKhabar

नवनियुक्त मुख्यमन्त्री सिंहको राजनीतिक यात्रा : पार्टी फेर्दै पालिका अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

MadhesKhabar

भाजपाको निम्तो मान्न माओवादीका ५ नेता भारत प्रस्थान

MadhesKhabar

Leave a Comment