Madhes Khabar
राजनीति

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन : जय नेपाल विद्यार्थी संघको यस्तो छ चुनावी घोषणापत्र

वीरगन्ज,३चैतःवीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि जय नेपाल विद्यार्थी संघ राजु गुप्ताको प्यानलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

जय नेपाल विद्यार्थी संघ राजु गुप्ताको प्यानलले क्याम्पसमा अध्ययनरत विद्यार्थी, त्यहाँ कार्यरत कर्मचारी र क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थामा सुधार गर्ने लगायतका आफ्ना प्रतिबद्धतासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

विधार्थीको शैक्षिक हकहितको आवाज उठाउन ,शिक्षकको मान प्रतिष्ठा मयार्दा जोगाई राख्न , कर्मचारी प्रति मित्रवत व्यवहार बनाई राख्न ,विधार्थीलाई शैक्षिकसत्र भित्र समयमै निःशुल्क र जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउन, सुवर्ण हेल्थ क्लिनिकमा डाक्टर राख्न तथा एम्बुलेन्स सञ्चालन गर्न ,पुस्तकालयमा विधार्थी संख्या र सिलेबस अनुसार नयाँ अडिसनका किताब उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै इलाइब्रेरी तथा कम्प्युटर ल्याब व्यवस्थित गराउन ,विज्ञान संकायको चन्द्र बहादुर श्रेष्ठ छात्रवृत्ति समयमै उपलब्ध गराउन, दुबै भवन तर्फ शुद्ध खानेपानी, पंखा,टेबुल डेस्क तथा रंगरोगन गर्ने ,प्रत्येक कक्षाकोठामा प्रोजेक्टर र ससिटिभी क्यामेरा जडान गर्ने,विधार्थीको सीप तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा खेलकुद गतिविधी गराउने, वी.पी. बुक बैंक सञ्चालन गराउने ,छात्राबासको मर्मतसम्भार तथा पुनः निर्माण गराउने, कर्मचारी तथा प्राध्यापक निवासको मर्मतसम्भार गराउने प्रतिबद्धतापनि उक्त प्यानलले जनाएको छ।

यसैगरी क्याम्पसमा क्यान्टिनलाई व्यवस्थित गराउने , पार्किङस्थललाई व्यवस्थित गगराउने ,परीक्षालाई मर्यादीत बनाउने , अध्ययन अध्यापन सहज बनाउने , अलग्गै परीक्षा भवन निर्माण गराउने जय नेपाल विद्यार्थी संघका तर्फबाट सभापतिका उम्मेदवार राजु गुप्ताले बताएका छन् ।

Related posts

प्रदीप यादवलाई समर्थन जनाउँदै कांग्रेसका पुराना नेता यादव एमालेमा प्रवेश

MadhesKhabar

लोसपाका जिल्ला अध्यक्ष रामचन्द्र पडित्तसहित १५० जना नेपाली कांग्रेसमा प्रवेश, क्षेत्र नं. ४ मा रिजालको अभियानलाई ठूलो बल

MadhesKhabar

पर्सामा जसपाको विवाद समाधान गर्न प्रदेश अध्यक्ष यादवको अध्यक्षतामा कार्यदल गठन

MadhesKhabar

Leave a Comment