
मधेसखबर
वीरगन्ज,०१ कार्तिक : नेकपा एमालेका नेता विचारी यादवले जसपा नेता एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव पर्साको विकास र समृद्धिका लागि चाहिने नेता भएको बताएका छन् ।
मंगलबार वीरगन्जमा सन्चारकर्मीसंग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने , प्रदीप यादवलाई पर्सा जिल्ला मात्र नभइ देशभरका जनताले विकास प्रेमी नेताका रुपमा चिन्छन् , त्यसका कारण पर्सा जिल्लालाई प्रदीप यादव सधै चाहिन्छ ।
उनले पर्सा १ मा प्रदीप यादवलाई कसैले पनि हराउन नसक्ने ठोकुवा पनि गरे । विचारी यादवले भने ,पर्सा १ मा विगतको चुनावका मत हर्दा अर्को गठबन्धन भन्दा एमाले जसपा गठबन्धनको मतान्तर ३० हजार भन्दा बढिले छ , त्यसका कारण यो चुनावमा पर्सा १ मा प्रदीप यादव र विचारी यादवलाइ कसैले पनि हराउन सक्दैन ।
उनले पर्सा जिल्लामा यसै पनि एमाले र जसपा दुवै दलको जनाधार बलियो रहेको भन्दै दुवै दल मिलेर चुनाव लड्दा आफुहरुको जित सुनिश्चित भइसकेको बताए।उनले एमाले सपा गठबन्धन अर्को गठबन्धनको जस्तो चुनाव हार्ने डरले नभइ मधेस र देशको समृद्धिका लागि बनेको स्पष्ट पारे ।

